मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार
- मंसिर २९, २०८२
- 0
जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रिपरिषदमा दुई जना मन्त्रि थपेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
मधेश प्रदेश सरकारमा रहेका बिना विभागीय मन्त्री नेपाली कांग्रेसका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै विना विभागीय मन्त्रि कनिष पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस अघि मुख्यमन्त्री यादवले सपथ ग्रहण गरेको दिन जनमत पार्टीका महेश प्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







