मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने

news-details

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया