नवनियुक्त चारजना मन्त्रीले लिए शपथ
- मंसिर २६, २०८२
- 0
काठमाडौं । नवनियुक्त ४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्दै कुमार इङ्नामलाई भूमि व्यवस्था, राजेन्द्रसिंह भण्डारीलाई श्रम, माधव चौलागाईलाई वन तथा वातावरण र श्रद्धा श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेकी हुन् ।
उद्योग र कानून मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







