युवकको हत्या आरोपमा लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ पक्राउ
- मंसिर २५, २०८२
- 0
काठमाडौं । बर्दियामा युवकको हत्या भएको प्रकरणमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाई पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–५ का १९ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या घटनामा पूर्वमुख्यमन्त्री चौधरीका भाइ महावीर चौधरी पक्राउ परेका हुन् ।
महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । केही दिनअघि बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा महावीरले निरज चौधरीलाई गोली हानी हत्या गरेका थिए ।
उनको साथबाट प्रहरीले पेस्तोल समेत बरामद गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







