प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरि निर्वाचन आयोगको तयारी

news-details

प्रतिनिधिसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरि गृहकार्य भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले मिहिनढंगले सवै पक्षको विश्लेषण गरेर काम गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

निर्वाचन प्रतिस्पर्धामा भाग लिन राजनीतिक दलहरु पनि क्रियाशिल भइसकेकोले देशभर निर्वाचनको माहौल बनिरहेको पनि उनले बताए ।

सरकार, राजनीतिक दल तथा चार वटै सुरक्षा निकायसँग शृङ्खलाबद्ध छलफल भइरहेको जानकारी दिदै यसवाट निर्वाचन सुरक्षाको सकारात्मक वातावरण सुनिश्चित गरिसकेको पनि उनले बताए ।

पुुराना मतदाता एक करोड ८१ लाख ६८ हजार २३० रहेकोमा यसपटक आठ लाख नयाँ मतदाता थपिएको जानकारी पनि उहाँले दिनु भयो ।दर्ता भएका नयाँ मतदाताको रुजु गरि अन्तिम मतदाताको नामावली पुसको तेस्रो साताभित्र सार्वजनिक गरिने पनि निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया