संसद पुनःस्थापनाको माग गर्दै एमाले पुग्यो सर्वोच्च

news-details

संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन दायर गरेको छ।

विघटित प्रतिनिधिसभा संसदीय दलका तर्फबाट रिट निवेदन पेश गरिएको नेता महेश बर्तौलाले जानकारी दिए।

एमालेले रिट लिएर जाने अधिकार विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बर्तौला र सचेतक सुनिता बराललाई जिम्मा दिएको थियो।

एमालेले असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै पुनःस्थापनाको माग गर्दै आएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया