आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै
- मंसिर ४, २०८२
- 0
काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण बैठक बारम्बार स्थगित हुँदै गरेको छ ।
बैठकमा महाधिवेशनको मितिबारे छलफल गरी थप निष्कर्षमा पुग्न आज फेरी बैठक बोलाइएको हो ।
यसअघि कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिइ । यी दुई प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम बैठकमा जारी छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







