विप्लवलाई गुलाफको फूल चुनाव चिन्ह, लिए दल दर्ताको प्रमाणपत्र
- मंसिर २, २०८२
- 0
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)लाई निर्वाचन आयोगले चुनाव चिन्ह गुलाबको फूल प्रदान गरेको छ ।
दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित र्याली निकालिएको छ ।
माओवादीलगायतका घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी दर्ता भएसँगै विप्लवले पुरानै नेकपा (माओवादी) कायम राखेर दल दर्ता गरेका हुन् ।
उनको दलको १०५ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा पेश गरिएको छ ।
१० वर्ष माओवादी जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिन लागेका विप्लवलाई गुलाफको फुल चुनाव चिन्ह प्रदान गरिनुलाई अर्थपूर्ण मानिएको छ ।
सम्बन्धित शीर्षकहरु










