बक्यौताको पुनरावलोकनमा प्राधिकरणले मार्गप्रशस्त नगरेको उद्योगीको गुनासो
- कार्तिक २९, २०८२
- 0
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता सम्बन्धी विवादमा उद्योगीहरूले विद्युत् प्राधिकरणले पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको गुनासो गरेका छन् ।
अहिले सबै उद्योगीहरुले बक्यौता बापतको आफ्नो किस्ता रकम तिर्न थालेका छन् । तर उक्त किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएतापनि प्राधिकरणले त्यसलाई अवज्ञा गरेको उद्योगीहरुको गुनासो छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङसहितका अधिकारीहरूसँग गरेको छलफलमा, बक्यौता तिर्नुपर्ने उद्योगीले पहिलो किस्ता बुझाउने र सो किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएको उद्योगीहरूले बताएका छन् ।
तर, सहमतिअनुसार किस्ता तिरेपनि प्राधिकरणले पुनरावलोकनको प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त नगरेको भन्दै उद्योगीहरूले विज्ञप्तिमार्फत प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







