प्रतिगामी शक्तिविरुद्ध एमालेको देशव्यापी जनसभा आज
- कार्तिक २९, २०८२
- 0
काठमाडौं । नेकपा एमालेले आज देशैभरी जनसभा गर्दैछ । प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रम अन्तरगत आज अधिकांश जिल्ला सदरमुकाम वा ठुला सहरमा जनसभाको आयोजना गर्न लागिएको हो ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा ब्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्ला जिल्लामा खटिएका छन् ।
‘पार्टीले सबै जिल्ला इन्चार्जहरुलाई आफ्नो जिम्मेवारी क्षेत्रमा खटाएको छ । आजको सभाबाट हामी एमाले देशैभरी अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौं’ गौतमलले भने । गौतमका अनुसार जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ । पहिलो चरणमा गत २२ गते देशैभरी वडा भेला भएको छ । २५ गते अधिकांश पालिकाहरुमा जनप्रदर्शन तथा र्यालीहरु भएका छन् ।
तेस्रो चरणको कार्यक्रम अन्र्तगत आज विभिन्न जिल्लाहरुमा जनसभा हुँदैछ । जनपरिचालनको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







