नवनियुक्त आईजीपी कार्कीले आजबाट कमाण्ड सम्हाल्दै

news-details

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि कमाण्ड सम्हाल्दैछन्।

३२ औँ महानिरीक्षक चन्द्रकुबेर खापुङ ३० वर्षे सेवाहदका कारण बुधबार अनिवार्य अवकाशमा गएसँगैकार्की नेतृत्वमा आएका हुन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो।

उनलाई आज बिहान ११ बजे गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले दर्ज्यानी चिन्ह प्रदान गर्नेछन्। त्यसलगत्तै दिउँसो प्रहरी हेडर्क्वाटर नक्साल पुुगेर पदभार गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए।

३३ औँ महानिरीक्षकमा कार्कीले २०८४ चैत १७ सम्म अर्थात प्रहरी संगठनको नेतृत्व गर्नेछन्। खापुङको भने हिजो नै बिदाइ भइसकेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया