कुलमान घिसिङ नेतृत्वमा ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्ने तयारी
- कार्तिक २३, २०८२
- 0
अन्तरिम सरकारका ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल जनसेवा पार्टी’ गठनको तयारी अन्तिम चरणमा पुगेको छ।
सुरुवाती चरणमा दलको नाम ‘उज्यालो नेपाल पार्टी’ राख्ने प्रस्ताव भए पनि, केही नेताहरूले उक्त नाम एक व्यक्तिसँग मात्र जोडिएको देखिने सुझाव दिएपछि अन्ततः ‘नेपाल जनसेवा पार्टी’ नाममा सहमति जुटाइएको स्रोतले जनाएको छ।
घिसिङ निकट नेताहरूका अनुसार आज र भोलिसम्म चल्ने अन्तिम छलफलपछि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिने तयारी भइरहेको छ।
हाल घिसिङ मन्त्री पदमा रहेका कारण औपचारिक रूपमा नेतृत्व खुलाउने वा नखुलाउने विषयमा अन्तिम निर्णय भने बाँकी छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







