राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव
- मंसिर १३, २०८२
- 0
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । शनिबारको भेटमा विभिन्न प्रस्तावहरु समेत अघि सारेको छ ।
मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको होे ।
राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन् । शनिबार अपरान्ह राप्रपा नेताहरू बालुवाटार पुगेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







