मनराम–एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई

news-details

यस वर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे । संखुवासभा खाँदबारी–१ समाजसेवी दिवंगत रामबहादुर श्रेष्ठको सम्झनामा मनराम फाउण्डेससन र एसकाजले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।

५० हजार राशीको पुरस्कार पाउने पोखरेल गोरखापत्र संस्थानका पूर्वअध्यक्ष समेत हुन् । २०१२ सालमा खाँदबारी-९ तुम्लिङटारमा जन्मिएका पोखखेलले पञ्चायतकालदेखि पत्रकारिता गर्दै आएका पाका पत्रकार हुन् ।

एसकाजका अध्यक्ष शंकर खनालका अनुसार यस अघि यो पुरस्कारबाट संखुवासभाका नौजना पत्रकार पुरस्कृत भइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया