आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री कार्की
- मंसिर १२, २०८२
- 0
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत बग्न नहुने बताएकी छिन् ।
आज नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गर्दै उनले क थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनु नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढङ्गले काम गर्न म निर्देशन दिन्छु।’
प्रधानमन्त्रीकार्कीले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ लिएकी थिइन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







