त्रिपक्षीय छलफलमा प्रधानमन्त्रीले भनिन्– ‘मुलुक हामीले नै बनाउनुपर्छ, बारम्बार छलफल गर्नुपर्छ’
- कार्तिक १२, २०८२
- 0
काठमाडौँ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको वातावरणस्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी,राजनीतिक दलसहितको बैठक जारी छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताएकी छन् । उनले भनिन्, मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन’ राजनीतिक दल र जेनजी सम्मिलित बैठकमा उनले अगाडि भनिन्, ‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।’
बैठकमा जेनजीहरूले चुनाव आवश्यक भएको बताउँदै आन्दोलनको मुख्य मागलाई सम्बोधन गरिनुपर्ने बताए ।
‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ जेनजीहरुले बैठकमा भने ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







