सञ्चारमन्त्री खरेलद्धारा दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट
- कार्तिक १२, २०८२
- 0
काठमाडौँ, १२ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिवंगत पत्रकार सुरेश रजकको परिवारसँग भेट गरि पीडितको न्यायका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन ।
सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिवंगत पत्रकार रजककी धर्मपत्नी सुजन रजकसहितको परिवारसँग छलफल गर्दै सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको न्यायका लागि आफूले निरन्तर पहल गर्ने विश्वास दिलाए ।
सञ्चारमन्त्री खरेलले दिवंगत पत्रकार रजकको धर्मपत्नी सुजन रजकलाई रोजगारीका निम्ति समन्वय गर्ने तथा निजको उच्च शिक्षाका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा रजककी धर्मपप्ती सुजन रजकले सुरेशको न्यायका लागि पहल गरिदिन सञ्चारमन्त्री समक्ष आग्रह गरेकी थिइन ।
वि.सं. २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनकोक्रममा आग्जनी भएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।










