माओवादीसँगको एकताबारे निर्णय लिन एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु
- कार्तिक १२, २०८२
- 0
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि औपचारिक निर्णय लिने भनिएको बैठक सुरु भएको हो ।
काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालको बैठकको सुरुमा नै बोल्दैछन्। बैठकमा पार्टी अध्यक्ष नेपालसहितका संस्थापन पक्षका नेताहरूले माओवादी केन्द्रसँगको पार्टी एकताको लागि औपचारिक निर्णय गर्ने योजनामा रहेका छन् ।
तर सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल पक्षका नेताहरू भने त्यसको विपक्षमा छन् । खनालले माओवादी केन्द्रसँग पार्टी एकताको कुनै औचित्य नभएको धारणा समेत राख्दै आएका छन् ।
जेन–जी आन्दोलनपछि उत्पन्न मुलुकको राजनीतिक परिस्थितिको गम्भीर विश्लेषणसहित यही केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने नेताहरूले बताएका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







