सिन्धुलीमा अवैध बन्दुक सहित तीनजना पक्राउ
- कार्तिक ५, २०८२
- 0
रामेछाप । सिन्धुलीमा प्रहरीले अवैध बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
दुधौली नगरपालिका–१४, गायोटारबाट प्रहरीले तीन अवैध भरुवा बन्दुक सहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोलीले खानतलासीका क्रममा स्थानीय ५३ वर्षीय कुलबहादुर सुनुवार ,५० वर्षीय धनबहादुर सुनुवार र ४२ वर्षीय मङ्गलबहादुर सुनुवारलाई घर नजिक लुकाई छिपाइ राखिएका तीन थान अवैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।
बरामद हतियारसहित ती तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय डाहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







