गंगा दाहालले दिइन् प्रचण्डको सचिवालयबाट राजीनामा
- कार्तिक ३, २०८२
- 0
नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले प्रचण्डको सचिवालयबाट राजीनामा दिएकी छन् ।
आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएको दाबी गर्दै सचिवालयबाट राजीनामा दिएकी हुन् ।
गंगाले फेसबुकमा लेखेकी छन्, ‘म गर्वका साथ भन्छु, मैले आफ्नो व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ । सहयोगीको रूपमा राम्रो गर्ने कोसिस गरेँ, तर जति विवादरहित भएर काम गर्न खोजे पनि विवादमा त पर्नैपर्ने रहेछ ।’
यस्तै, उनले आफू र परिवारविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति आपत्ति जनाएकी छन् ।
‘कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाख पर्ने घडी । मैले त्यस्ता सामान कहिल्यै किनिनँ । साथीहरूले जन्मदिनमा दिएको उपहार थियो, त्यो पनि जलेर खरानी भइसकेको छ, तर अझै पनि त्यही कुरा दोहोर्याएर प्रहार गरिन्छ ।’ गंगाले भनेकी छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







