एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी
- अशोज ३०, २०८२
- 0
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ । एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुनेछ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ ।
जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







