जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक, खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

news-details

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् ।

यसैबीच सभापति सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् ।

यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ ।

आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया