अवरुद्ध बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा

news-details

लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ ।

राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेकोमा करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले बताए । सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने उनले बताए ।

अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइभर्सन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्‍याएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया