रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
- अशोज २३, २०८२
- 0
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधबार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ तोला पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हाल सम्मकै उच्च हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







