संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न संचार मन्त्री खरेलको आग्रह

news-details

संचार तथा सूचना प्रबिधि मन्त्रालयले भमरी वर्षाका कारण कहिकतै संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

संचारमन्त्री जगदीश खरेलले मन्त्रालयमा आकस्मिक बैठक बसेर कहिकतै संचार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।

मन्त्री खरेलले शनिबार मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र संस्थाका पदाधिकारीहरूलाई तीन दिन उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री खरेलले सामाजिक सञ्जालमा उक्त विषयबारे जानकारी दिदै लेखेका छन- ‘भारी बर्षा भैरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा एनटिसी १४९८, एनसेल ९००५, आइएसपी ९८०१८७८९४१ र मन्त्रालयको सिधा नम्मर ९८४१५२०११५ मा खबर गर्नुहोला । तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । हामी पनि आकस्मिक बैठक गरेर तयारी अवस्थामा छौं । मेरो सचिवालयको सिधा नम्बर ९८५१४१०१०१, कृपया सबैले साबधानी अपनाऔं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया