नागढुंगा चेकपोस्टमा माइकिङ : ‘अगाडि नबढ्नुहोला, काठमाडौं फिर्ता भई सुरक्षित हुनुहोला’

news-details

प्रहरीले नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै माइकिङ गरिरहेको छ ।

काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरुले माइकिङ गर्दै अगाडि नबढ्न अनुरोध गरिरहेका छन् । नागढुंगा नाकाबाट अगाडि धादिङतर्फ जानुको सट्टा काठमाडौंमै फर्किएर सुरक्षित रहन उनीहरुले भनिरहेका छन् ।

‘धादिङको विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको हुँदा सम्पूर्ण चालकरसहचालक महानुभावहरु, तपाईंहरुलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फिर्ता भई सुरक्षित रहनुहुन अनुरोध गर्दछौं,’ प्रहरीहरुले माइकिङ गरेर भनिरहेका छन् ।

धादिङ र तनहुँमा रहेको जोखिमयुक्त सडकमा पनि अहिले ६ बजेबाट गाडी चलाउन रोकिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया