जेनजी आन्दोलनका घाइते भेटन गएका मन्त्री खरेलले भने ‘तपाईंहरूसँगै देशको पनि उपचार गर्छौ’

news-details

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरूलाई उनले भेटेका हुन्।

भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै भने ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया