नवनियुक्त मन्त्रीहरूको शपथ समय ३ बजेका लागि तय
- अशोज ६, २०८२
- 0
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टा सारिएको छ । शीतल निवासमा यसअघि दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले हिजै ५ जनाको नाम राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोही अनुसार नियुक्तिको तयारी गरिरहँदा पठाइएका नाममा अहिले ‘होल्ड’ मा राख्न भनिएकोले मन्त्रि नियुक्ति विलम्ब भइरहेको छ ।
स्वास्थ्यमन्त्रीमा संगीता मिश्रा, आविश्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनस्संरचना समितिका संयोजक मदन परियारको नाम मन्त्रीका लागि सिफारिस गरिएको थियो ।
अख्तियारमा छानबिन चलिरहेको भन्दै मिश्रा विवादित बनेपछि मन्त्रिमण्डल विस्तार होल्ड भएको बताइएको छ । मन्त्रीको नाम चेन्ज हुन सक्ने भन्दै होल्ड गर्न भनिएको स्रोतले बतायो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







