दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

news-details

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।

समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो ।

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।

नेपालमा टीका लगाउने उत्तम साइतः

काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते – बिहान ११ः५३ बजे निर्धारण गरिएको छ ।

अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छः

भारत (दिल्ली): ११ः४९ अक्टोबर २

अमेरिका (न्यूयोर्क): ११ः०५ अक्टोबर १

अमेरिका (क्यालिफोर्निया): ११ः२५ अक्टोबर १

क्यानाडा (टोरन्टो): ११ः५५ अक्टोबर १

अष्ट्रेलिया (सिड्नी): ११ः३१ अक्टोबर २

अष्ट्रेलिया (मेलबर्न): ११ः५३ अक्टोबर २

जापान (टोकियो): ११ः३१ अक्टोबर २

दक्षिण कोरिया (सियोल): १०ः५७ अक्टोबर २

युएई (अबुधावी): १०ः५५ अक्टोबर २

कतार (दोहा): १०ः१३ अक्टोबर २

मलेसिया (क्वालालम्पुर): ११ः११ अक्टोबर २

सिंगापुरः ११ः०९ अक्टोबर २

लन्डन (बेलायत)ः:०९ः१७ अक्टोबर २

पेरिस (फ्रान्स): ०९ः५७ अक्टोबर २

ओस्लो (नर्वे): १०ः०३ अक्टोबर २

लिस्बन (पोर्चुगल): ०९ः२३ अक्टोबर २

टेल अविभ (इजरायल): ११ः३५ अक्टोबर २

जिनेभा (स्विट्जरल्याण्ड): १०ः२५ अक्टोबर २

हङकङः ११ः४५ अक्टोबर २

साउदी अरेबियाः १०ः५५ अक्टोबर २

याङ्गुन (म्यानमार): १०ः२७ अक्टोबर २

माल्टाः १०ः५५ अक्टोबर २

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया