पार्टी कार्यालय पेरिसडाँडा पुगेर प्रचण्डले भने- ‘चाँडै नयाँ र भव्य पार्टी कार्यालय भवन बनाउछौ’
- भदौ ३१, २०८२
- 0
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगजनीमा परेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा पनि गरेका छन् ।
आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय भने बचेको छ । साथै कार्यालयका कम्प्युटर समेत सुरक्षित रहेको बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







