काठमाडौं उपत्यकाका विद्यालय आजदेखि सञ्चालनमा
- भदौ ३०, २०८२
- 0
काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् ।
गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र शिक्षकहरूमा चिन्ता बढेपछि शिक्षण संस्थाहरूले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरूले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







