खनाल, घिसिङ र अर्यालले लिए मन्त्रीको शपथ, आजै पदभार ग्रहण
- रोजगारमञ्च
- भदौ ३०, २०८२
- 0
सुशीला कार्की नेतृत्वको सरकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराएका हुन् । उनीहरूले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् ।
अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्यालले शपथ गराएका हुन् ।
खनाल पूर्व अर्थसचिव, घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र अर्याल वरिष्ठ अधिवक्ता हुन् । बाँकी सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले तत्कालका लागि आफ्नै नेतृत्वमा राखेकी छिन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







