सुशिला कार्कीलाई सरकारको नेतृत्वमा अघि बढाउन काठमाडौंका मेयर बालेनको समर्थन
जंगी अड्डाबाहिर हर्क साम्पाङका समर्थकको होहल्ला, भोली आउन सेनाको निर्देशन
- भदौ २५, २०८२
- 0
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन समर्थन जनाएका छन ।
जेनजी युवा प्रतिनिधिहरूले बुधबार कार्कीलाई नयाँ नेतृत्वका लागि नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । सोही प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरिरहेका छन् ।
मेयर बालेनसहितका नामहरु समेत लिइरहेका छन् । बुधबार दिनभरी जेनजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा समेत कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए ।
सोही क्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको छ ।
यसैबीच धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ भावी प्रधानमन्त्रीमा इच्छा देखाउदै सिधै जंगीअड्डामा पुगेकोमा जेनजीहरुको रोजाइमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की परेपछी साम्पाङका समर्थकहरुले जंगी अड्डा बाहिर होहल्ला र नारावाजी गरेका थिए ।
हर्क साम्पाङ वा बालेन साहलाई प्रधानमन्त्री बनाउनुपर्ने बताउदै सामपाङका समर्थकहरुले माइकिङ सहित होहल्ला गरेपछि जंगी अड्डाले आफ्नो अगूवाको नाम टिपाएर भोलि सम्पर्क गर्न भनेको छ ।










