आन्दोलनकारीलाई वार्तामा आउन नेपाली सेनाको आब्हान, राती १० बजेदेखि सेना परिचालन हुने

news-details

काठमाडौं । नेपाली सेनाले आन्दोलनरत पक्षलाई वार्तामा आउन आब्हान गरेको छ । मंगलबार साँझ एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्।

सेनाले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै सेनाले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेको छ।

सेनाले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक, र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न सबै नेपालीको साझा कर्तव्य रहेकोमा जोड दिएको छ।

यसैबीच मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ ।

हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एवम आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ ।

यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय सुरक्षाका लागि स्थिति नियन्त्रण लिन आज मंगलबार १० बजेबाट तैनाथ रहने सेनाले एक सूचनामार्फत जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया