स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
- भदौ २४, २०८२
- 0
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । मन्त्री पौडेलले मंगलबार राजीनामा दिएका हुन् ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
मन्त्री पौडेलले ‘अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेर आफू राजनीतिमा होमिएको बताउँदै आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न नसकेको उल्लेख गरिरहेका छन् । ‘जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको व्यवहारको मूकदर्शक बन्न मेरो आत्माले मानेन,’ मन्त्री पौडेलले लेखेका छन् ।
आफूले लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको पदबाट राजीनामा दिएको पौडेलले बताएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







