रास्वपाले बोलायो आकस्मिक बैठक

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक बैठक बोलाएको छ ।

प्रवक्ता मनिष झाका अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । जेनजी प्रदर्शन माथि भएको दमनको बारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।

जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया