माइतीघरबाट सुरू भयो जेनजीको प्रदर्शन
- भदौ २३, २०८२
- 0
काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ।
सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन सुरू गरेका हुन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।
माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ।
प्रदर्शन शान्तिपूर्ण हुने पनि उनीहरूले बताएका छन्। प्रदर्शनको क्रममा भाषण नगरिने, नाचगानलगायत कार्यक्रम गर्ने भनिएको छ।
काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले आजबाट प्रदर्शन गर्दैछ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







