कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
- भदौ २२, २०८२
- 0
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।
बालिकाको स्वास्थ्य अवस्थाबारे समाचार सार्वजनिक भएपछि एमालेले सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए ।
गोदावरीमा शुक्रबारदेखि सुरु भएको एमाले विधान महाधिवेशनमा सहभागी हुन राना काठमाडौं गएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







