गोरखा दुर्घटना : २१ जना घाईतेमध्ये ३ जना काठमाडौं रिफर

news-details

काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटनाका क्रममा घाइते भएकाहरुको विवरण खुलेको छ ।

उक्त बसमा सवार २२ जना मध्ये चालक सहित २१ जना घाईते भएको, प्रहरी बरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले जनाएका छन् । साथै, उनले २१ जना मध्ये ३ जनालाई काठमाडौं रिफर गरिएको र अन्य घाईतेहरुको उपचार गोरखाकै आरुघाट आधारभुत अस्पतालमा भईरहेको बताए ।

भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा काठमाण्डौंबाट सोती तर्फ जाँदै गरेको बा.प्र.०१–००६ख ४१३१ नं को रात्री बस ब्रेक फेल भई सडकबाट अं.४ मिटर तल खसेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया