साम्बाले भनिन, ‘भण्डारी सेवा समाजसंग मिलेर काम गर्न इच्छुक छु’
- भदौ १४, २०८२
- 0
नेपाली महिला राष्ट्रिय फूटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफू भण्डारी सेवा समाजसंग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छन् । भण्डारी सेवा समाज नेपालले आज काठमाडौमा गरेको सम्मान ग्रहण पछि उन्ले भण्डारी सेवा समाजले गरेको सामाजिक कामको प्रशंसासमेत गरीन् ।
उनले खेलको माध्यमबाट पनि आफ्नो मूलुकलाई विश्वसामु चिनाउन सकीने भन्दै दुरदराजबाट आएर यो स्थानसम्म पुग्नु आफ्नो एक्लो मात्र नभई सबै नेपालीको सफलता भएको पनि बताइन् । आफूले मोजाको भकुण्डो बनाएर फूटबल सिकेको भन्दै रुची र मेहनत गरे छोरी मान्छेले पनि जुनसुकै काम गर्न सकीने उन्को भनाई थियो । उनले सिमित स्रोत र साधनकाबीच आफूले फूटबल खेलेको भन्दै पछिल्लो समय नेपाली युवाहरुमा फूटबल खेलप्रति आकर्षण बढेको पनि बताइन् ।
उनले आफूले अझै धेरै गर्न बाँकी रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा रहेकोसमेत बताईन । फूटबल खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको भन्दै भण्डारी सेवा समाजले उन्लाई आज सम्मानीत गरेको हो । उन्लाई नौमती पञ्चेबाजाले स्वागत गर्दे दोसल्ला र नगदसहित भण्डारी राष्ट्रिय गौरवबाट सम्मानीत गरीएको थियो । उन्लाई भण्डारी सेवा समाजले आजिवन सदस्यतासमेत प्रदान गरेको थियो ।
कार्यक्रममा भण्डारी सेवा समाजका केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीले इतिहाँसमा पनि भण्डारीहरुको भूमिका महत्वपुर्ण रहेको भन्दै देश विदेशसम्म भण्डारीको मात्र नभई साम्बाले देशकै इज्जत राखेको भन्दै प्रशंसा गरे । उनले भण्डारी सेवा समाजले बिभिन्न सामाजिक काम गर्दे आएको भन्दै आगामी दिनमासमेत यस्ता प्रसंशनिय कामलाई महत्व दिने बताए ।
भण्डारी सेवा समाज नेपालका प्रमुख संरक्षक जीवन भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा साम्बाले नेपालको नाम राखेको भन्दै नेपालको र्रांष्ट्रिय झण्डा ओढाएर सम्मानीत गरेका थिए ।
लम्जुङको बाँसबारीमा जन्मिएकी साम्बाले युरोपका प्रतिष्ठित क्लबहरुको टिममा खेलेकी छन भने उनी नेपाली फूटबलमा युवाहरुको प्रेरणाको स्रोतसमेत बनेकीछन् ।
कार्यक्रममा भण्डारी सेवा समाजका संस्थापक अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।










