आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।

त्यस्तै महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।

साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।

शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ।

राति कोशी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया