शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव
- भदौ १२, २०८२
- 0
पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्धी कानून नबनेको बताएका हुन् ।
उनले भने, ‘विद्धानहरु, शिक्षाविद्हरुले भनिरहनुभएको छ, राम्रो कानून आइरहेको छैन । जुन देशले शिक्षित नागरिक र स्वस्थ्य नागरिक उत्पादन गर्न सक्दैन । त्यो देश बन्न सक्दैन । कहावत छ, देशको एउटै कुराले कुन कुराले देश बनाउन सकिन्छ त्यो शिक्षा हो ।’
उनले शिक्षित र स्वस्थ नागरिक संसारकै शक्तिशाली जनशक्ति भएकाले देशकै ठूलो पूँजी रहेको धारणा राखे ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







