रौतहटकी रुबीकुमारी साह हत्याका आरोपी लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु

news-details

रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुरयाइएको थियो।

उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरी ले जानकारी दिएको छ । उपचारका क्रममा बुधबार साँझ ६ बजेतिर पासवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।

माधवनारायण नगरपालिका–६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा पासवानलाई पक्राउ गरेको थियो ।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आत्मदाह गर्ने लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । तत्काल स्थानीय अस्पतालमा लगेपनि थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुरमा लगिएको हो ।

पासवानको एक भिडिओ पनि सार्वजनिक भएको थियो । सो भिडिओमा रुबीको हत्या गरेको स्वीकार गरेका छन । केहि दिन अघि गौरको मुडलवा गेट नजिक सुटकेशभित्र रुबीको शव भेटिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया