कांग्रेस संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनको बैठक बोलाइयो

उपसभामुख हटाउने विषयमा छलफल, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा उपस्थित
news-details

उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्न हस्ताक्षर चलाइरहेका सत्तारुढ दल कांग्रेस र एमालेसहित सरकारलाई समर्थन गर्ने दलहरूको बैठक बोलाइएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा सत्ता गठबन्धनको बैठक बस्ने सूचनापछि बैठकमा कांग्रेस,एमाले,जनमत,जसपा र लोसपाका नेताहरू सहभागी हुँदैछन् ।

सत्ता गठबन्धनको बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि पुगेकी छन् ।

सत्तापक्षका सबै दलको सहमति जुटाएर प्रस्ताव दर्ताको तयारी छ । सत्तापक्षका १८४ सांसद छन् भने दुई तिहाईका लागि १८३ आवश्यक पर्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया