आज दुई वटा समितिको बैठक बस्दै
- भदौ ३, २०८२
- 0
प्रतिनिधि सभा अन्र्तगत आज दुई समितिको बैठक बस्ने भएको छ ।
मंगलबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागिएको हो ।
आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिउँसो ३ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोश्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







