रवि लामिछानेलाई सारियो नख्खु कारागार
- साउन ३१, २०८२
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो ।
शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो ।
सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो ।
लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिएपनि मौसमका कारण ढिलाइ भएको थियो ।
लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







