रवि लामिछानेलाई नख्खु कारागार सार्ने निर्णय
- साउन ३०, २०८२
- 0
भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नक्खु कारागारमा ल्याइने भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई सरूवा नक्खु कारागार ल्याउने निर्णय गरेका हुन् । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर रविलाई नख्खु कारागारमा पठाउनेछ ।
लामिछानेलाई यसअघि नै कारागार सरूवा गर्न अदालतले पनि आदेश दिएको थियो । तर गृहमन्त्री रमेश लेखकले सरूवा रोकेको भन्दै आलोचना हुँदै आएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







