सिन्धुलीका युवकको मिर्गौला बिक्री गरेको आरोपमा एक जना पक्राउ
- साउन २२, २०८२
- 0
सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत लगेर मिर्गौला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार राति काठमाडौंबाट एक जना आरोपितलाई पक्राउ गरेको र उनको परिचय खुल्न बाँकी रहेको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले जानकारी दिए।
अहिले सनाखत भइरहेको दिउँसोसम्ममा उनलाई सार्वजनिक गर्ने प्रवक्ता कुँवरले बताए। पोखरामा मजदुरी गर्ने भुजेलले आफूलाई अपरिचित व्यक्तिले जागिर लगाइदिने भन्दै भारत पुर्याएको बताएका छन्।
त्यहाँ आफूलाई बेहोस बनाएर आफ्नो मिर्गौला झिकिएको उनको भनाइ छ। भुजेलका अनुसार नेपाल आएपछि मात्रै उनले मिर्गौला झिकिएको थाहा पाएका थिए।
भुजेल परिवारले गत सोमबार भुजेल परिवारले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई भारत पुर्याउनेको खोजी शुरू गरेको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







