लामाको उपस्थितीमा बानियाँले गरे पदभार ग्रहण
- साउन १४, २०८२
- 0
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएसँगै इन्द्र बहादुर बानियाँले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान दलका नेता बहादुरसिंह लामाले खादा,माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए ।
२०७९ पुस १३ गते बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेता चयन भइ प्रदेशको मुख्यमन्त्री बनेका थिए । आज सम्पन्न दलको निर्वाचनमा इन्द्र बहादुर बानियाँले लामालाई दलको नेतामा पराजित गर्दै नेतामा निर्वाचित भएका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







