पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुँदै
- साउन ४, २०८२
- 0
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ ।
भण्डारी र ओलीबीच आज दिउँसो ३ बजे पार्टी कार्यालयमा भेटवार्ता तय भएको जानकारी दिइएको हो ।
भण्डारीले एमालेका सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै एमालेभित्र नयाँ बहस छेडिएको छ । भण्डारी राजनीतिमा फर्किनु अस्वभाविक रहेको भन्दै ओली भने असन्तुष्ट देर्खिका छन् । जसले गर्दा पछिल्लो समय भण्डारी र ओलीबीच टकरावको स्थिति समेत देखिएको छ ।
पछिल्लो घटनाक्रमकाबीचमा भण्डारी र ओलीबीच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







